
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ । उनले पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनी माथि अभद्र व्यवहार गरिएको हो ।
काठमाडौंको येल्लो पेगोडा होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनलाई मोसो दलिएको थियो ।
उनले नै यसअघि कालोमोसो अभियान चलाएका थिए । पत्रकार सम्मेलन सकिएपछि बाहिरिने क्रममा मोसो दलिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ ।
काठमाडौं प्रहरी परिसरका एसपी कुमुध ढुंगेलले रेस्क्यु गरेर त्यहाँ राखिएको बताएका छन् । उनले कुन समूहले मोसो दलेको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए ।