२०८१ फागुन १३, मङ्गलवार , ११:४५:५३ बजे

Sajhamanch
'

गृहमन्त्रीलाई ओलीको प्रश्न : छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाईंको ?

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको उनको आरोप छ ।

‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो । सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर,’ मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले भने, ‘कुन विरोधी लागे तपाईको अभियान रोक्न ?’

उनले अघि भने, ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाईँ ढाकछोप गर्न लाग्नुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाई गर्नुपर्छ । छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाईँको ?

सम्बन्धित खबर