
काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो ।
उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए । प्रहरीका अनुसार कार्कीमाथि आक्रमणको कारण खुलेको छैन ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।