२०८२ जेठ ३, शुक्रवार , ०४:१३:५० बजे

Sajhamanch
'

प्रधानमन्त्री दाहाल र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसबीच शिष्टाचार भेट

मङ्गलवार, असोज १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एच.ई.एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधानमन्त्री दाहाल र एमसीसीका प्रमुख एलिसबीच शिष्टाचार भेटवार्ता भएको हो। सो अवसरमा एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको बताइएको छ।

आइतवार नेपाल आएकी एलिसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन्।

सम्बन्धित खबर