२०८१ माघ २५, शुक्रवार , १२:५४:४९ बजे

Sajhamanch
'

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

सोमवार, असोज १५, २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ उपसमिति पनि गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले बताए।