२०८१ फागुन १३, मङ्गलवार , १२:३५:५५ बजे

Sajhamanch
'

एसियन गेम्सः महिला कबड्डी तर्फ नेपालको जित

सोमवार, असोज १५, २०८०

काठमाडौँ । एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ।

समूह चरणको आजको खेलमा बङ्गलादेशलाई हराउँदै नेपालले जित हात पारेको हो। जितसँगै एसियन गेम्समा कम्तिमा काँस्य पदक जित्न सक्ने सम्भावना नेपालले कायमै राखेको छ।

नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गर्यो।

बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ। स्वर्णको बलियो प्रत्यासी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ।

नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो।