२०८२ असार २१, शनिवार , ०९:२७:२० बजे

Sajhamanch
'

अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

सोमवार, असोज १५, २०८०

काठमाडौं । अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।

आज झापा, मोरङ, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, दाङ र प्युठान आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पश्चिम राप्ती, बबई र तिनाउका साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, भोलि र पर्सि लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित खबर