![](https://sajhamanch.com/wp-content/uploads/2023/09/coli_srTYBLoIMB.jpg)
डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिए ।
सिलगढीमा वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए । पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उनको सुझाव छ ।