
काठमाडौं । नवनियुक्त चारजना राजदूतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपतिले उनीहरुलाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका थिए ।
बुधबार राष्ट्रपतिबाट शपथ लिने चारजना नवनियुक्त राजदूतमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (यूएई), घनश्याम लम्साल (कुवेत) र रामप्रसाद सुवेदी (स्विट्जरल्यान्ड) रहेका छन् ।
शपथग्रहण कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत सरकारका उच्च पदस्त अधिकारीहरुको उपस्थिति रहेको थियो ।