२०८१ माघ २५, शुक्रवार , ०२:४५:२१ बजे

Sajhamanch
'

एमाले वाग्मती अधिवेशन : मतदाता नामावली प्रकाशन

बुधवार, असोज १०, २०८०

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशन भएको छ । एक हजार १६५ जनाको प्रारम्भीक नाम टाँसिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो । अन्तिम नामावली पनि आजै प्रकाशित हुनेछ ।

आजै उमेदवारी दर्ताको कार्यक्रम छ । अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

बिहीबार (भोलि) बिहान ११ बजे मतदान हुने तय भएको छ ।

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ ।

सम्बन्धित खबर