२०८१ माघ २५, शुक्रवार , ०२:३१:५५ बजे

Sajhamanch
'

कोसीमा डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार संक्रमित

बुधवार, असोज १०, २०८०

झापा । डेंगी संक्रमणबाट कोसी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ । ३० हजार ३३० जना संक्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ । १९ हजार ४३२ जना संक्रमति भएको कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईंको भनाइ छ ।

कोसी प्रदेशको १४ जिल्लामै डेंगी फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार २४२ जना संक्रमित छन् भने एकजनाको मृत्यु भएको छ । झापामा दुई हजार ९६४ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एकजनाको मृत्यु भएको छ ।

गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ । डेंगीका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा २११, पाँचथरमा ३३८, इलाम ५३५, उदयपुर ८१६, धनकुटामा ४३२, भोजपुरमा ३३१, संखुवासभा ८६७, ओखलढुंगामा ४०, ताप्लेजुङमा ३३, खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगीका बिरामी फेला परेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगीको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगीका बिरामीमा देखिन्छन् ।

सम्बन्धित खबर