काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका अगाडि आठ दिनदेखि उभिइरहेका ईःको मागप्रति समर्थन जनाउँदै महानगरबाट गरिब होइन गरिबी हटाउनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले फुटपाथ हिँड्नका लागि भएको स्वीकार गर्दै त्यहीँ रोजीरोटीका लागि गुजारा गर्न व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को महत्त्वपूर्ण काम भएको बताएका छन् ।
उनले एकजना युवाको माग अर्को युवाले समाधान गर्नका लागि छलफल गर्न पनि सुझाव दिएका छन् ।