
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो-प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लीन शर्मा भारत गएका हुन्।
शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेका छन्। बिदाईमा रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो।
भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।