२०८१ पौष ५, शुक्रवार , ०५:०७:३५ बजे

Sajhamanch
'

सताक्षीधाम धार्मिक तथा पर्यटकी विकास संस्थाको वार्षिक साधारण सभा सम्पन्न

शनिवार, असोज ६, २०८०

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाम सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाकोतर्फबाट अध्यक्षद्धारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

तत्कालिन शिवगञ्ज गाँउ पञ्चायतका उप–प्रधान पञ्च तथा धार्मिक व्यक्तित्व उपमणि प्रसाईको अध्यक्षतामा गठित समिति देखिका विवरणहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । यतिबेला शतासीधाम मन्दिर परिसरको मुहार द्रुत गतिमा फेरिदै गएको छ । अध्यक्षको प्रतिवेदनमा धाम परिसरमा सतासीवटा धारा निर्माण गर्ने,सताक्षीधाम पदमार्ग निर्माणको कार्य सुरु गर्ने, डिगम्वेश्वर मन्दिर उत्तरको खोल्साको व्यवस्थापन गर्ने , सताक्षी माताको विशाल विग्रहको निर्माण कार्य सुरु गर्ने लगायत रहेका छन् । त्यसैगरि दिगम्वेश्वर मन्दिरको सौन्दर्यकरण गर्ने शताक्षीधाम धर्मशाला,नदी तटबन्धन, शिवरात्रीको अवसर पारी शिव महापुराण्को आयोजना गरिने, नगरपालिकासँग सहकार्य गरि सताक्षी गर्ने योजना तयार गर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिद्धारा शताक्षीधाम क्षेत्र व्यवस्थापनका लागि अक्षय कोष सञ्चालन सम्बन्धि कार्य विधि २०८० समेत साधारण सभामा प्रस्तुत गरिएको थियो । अक्षय कोषका लागि आजिवन सदस्यबाट प्राप्त रकमको नियून्तम २५ % तथा अक्षय कोष रसिदबाट प्राप्त सम्पूर्ण रकम साथै गाँउपालिका ,नगरपालिका ,उप–महानगरपालिका ,महानगरपालिका, प्रदेश सरकार तथा संघिय सरकारबाट विकासका लागि विनियोजन हुने रकमको अवस्था हेरी समितिको निर्णय अनुसार अक्षय कोषमा राखिने बताइएको छ ।

धाम परिसरमा लाग्दै आएका मेला तथा पर्वहरुबाट प्राप्त रकमको ५ % उक्त कोषमा राखिने जनाइएको छ । अक्षय कोषका लागि एक सञ्चालन समिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा उदय प्रकाश राई सचिवमा गणेश भेट्वाल, सदस्यमा योगनिधि बास्तोला रहेका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम शिवसताक्षीको गौरव भएकाले यस क्षेत्रमा धेरै कामहरु भएको बताए । स्थानीयतहबाट यस क्षेत्रमा वर्षेनी बजेट विनियोजन गरी काम गरिएको छ । उनले भने, यो पर्याप्त छैन । हामीले यस क्षेत्रलाई धेरै काम गर्न बाँकी छ । त्यो क्रमश गर्दै जाने छौं ।

कार्यक्रममा पूर्व सांसद तथा मन्दिरका पूर्व अध्यक्ष तारासम यङ्या, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रसाद सुब्बा ,पशुपति एकाडेमीका प्रधानाध्यापक चन्द्रप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रममा लेखा परिक्षण प्रतिवेदन समितिका कोषाध्यक्ष मदन मोहन अधिकारीले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा आव २०७९÷०८० असार मसान्तको वासलात अनुसार ५२ लाख २६ हजार ४ सय ७९ रुपैया ३६ पैसाको विवरण प्रस्तुत गरिएको थियो । सभाको सभापतित्व समितिका अध्यक्ष तुलाराम बोखिमको रहेको थियो । उपाध्यक्ष उदयाप्रकाश राई स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव कालीप्रसाद रिजालले गरेका थिए ।

शनिवार, असोज ६, २०८० | समाज