२०८१ माघ २४, बिहिवार , ०७:४२:५९ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’मा उनीहरूबीच स्थानीय समयानुसार बिहीबार भेटवार्ता भएको हो ।

“न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग सौहार्दपूर्ण भेटवार्ता भयो । भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको छ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्रीले यसअघि त्यहाँ नर्वेका प्रधानमन्त्री, श्रीलंकाका राष्ट्रपतिलगायत देशका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् ।

सम्बन्धित खबर