२०८१ फागुन ११, आइतवार , ०३:५४:४३ बजे

Sajhamanch
'

रेस्टुरेन्टमा दुई समूहबीच झगडा : एकजनाको मृत्यु, आठ घाइते

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, केवलानीस्थित एसजी रेस्टुरन्टमा दुई समूहबीच झगडा एवं कुटपिट भएको छ । कुटपिटबाट मकवानपुरको हेटौँडाका २५ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको छ । सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न नुवाकोटको लिखु गाउँपालिका–४ का १९ वर्षीय रोमन तामाङसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रेस्टुरेन्टमा मादकपदार्थ सेवन गरी दुई समूहबीच विवाद र कुटपिट भएको थियो । सो सूचनापछि खटिएको प्रहरी टोलीले सुरेशसहित चार घाइतेलाई उपचारका लागि भैरहवा पठाएको थियो । उपचारका क्रममा सुरेशको मृत्यु भएको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।