![](https://sajhamanch.com/wp-content/uploads/2023/09/Asia-1694954375.jpg)
काठमाडौं । फाइनलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले हराउँदै एसिया कप–२०२३ को उपाधि भारतले जितेको छ । भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो ।
यसअघि भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो ।
प्रेमादसा रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा विकेट नगुमाई पूरा गर्यो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै भारतले सबैभन्दा कम ओभरमा निकालेको जित हो । यसअघि भारतले सन् २००२ मा केन्याविरुद्ध ११.३ ओभरमा जित निकालेको थियो ।
भारतको जितमा शुभमन गिल र इशान शर्मा क्रमशः २७ र २३ रनमा अविजित रहे ।