२०८१ माघ १८, शुक्रवार , १०:४४:१५ बजे

Sajhamanch
'

कोशी प्रदेशका मन्त्री कार्कीको स्वास्थ्य सुधारोन्मुख

सोमवार, भदौ २५, २०८०

झापा । काठमाडौंको वीर अस्पतालमा हिजो भर्ना गरिएका कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री एकराज कार्कीको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएको छ ।

डेंगु संक्रमण भई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका मन्त्री कार्कीको रगतमा प्लेटलेट घटेर डेन्जर जोनमा आएपछि थप उपचारका लागि आइतबार काठमाडौ लगिएको हो ।

हिजो उनको रगतमा प्लेटलेट ४९ हजारमा झरेको थियो भने आज ७५ हजार पुगेको नेकपा एमाले बिर्तामोड नगरकमिटीका सचिवालय सदस्य नविन सिवाकोटीले जनाएका छन् ।

केही समयदेखि मन्त्री कार्की मुटु रोगबाट समेत पीडित रहेका थिए । उनको मुटुमा पलाएको शिष्टको पहिचानका लागि चिकित्सकहरुले प्राविधिक परीक्षण पनि सुरु गरेको सिवाकोटीले बताए ।

यसैबीच प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दिउँसो वीर अस्पताल पुगेर कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एकराज कार्कीको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् । सभामुख घिमिरेका साथमा नेम्सका उपकुलपति प्रोफेसर डा. भुपेन्द्रकुमार बस्नेत पनि कार्कीको स्वास्थ्यअ वस्थाको जानकारी लिन पुगेका थिए ।

सम्बन्धित खबर