२०८१ पौष १०, बुधवार , १०:४३:३० बजे

Sajhamanch
'

विराटनगरमा राधाकृष्ण रथयात्रा,५ हजार प्रहरी परिचालन

बिहिवार, भदौ २१, २०८०

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा जारी छ । ५५औं संस्करणको रथयात्राको आज दिउँसो ४ बजे तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको हो ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथ तिनपैनी हुँदै ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।

रथयात्रामा हजारौं भक्तजन सहभागि छन् । कृष्ण जन्माष्टमीको भोली पल्ट निकालिने रथयात्रा ५५ औं पटक निकालिएको हो ।

वि।सं १९८८ मा मन्दीरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिदै आएको हो । रथयात्रासँगै खटयात्रा पनि गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालन गरेको छ ।

रथयात्रामा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६ नेपाली र ३२ जना भारतीय नागरिक छन् ।

पक्राउ परेका मध्ये ३० जना पुरुष र ८ जना महिना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

सम्बन्धित खबर