२०८१ मंसिर ११, मङ्गलवार , ०७:४९:५२ बजे

Sajhamanch
'

सङ्खुवासभामा सेनाकाे हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार

बिहिवार, भदौ २१, २०८०

संखुवासभा। अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

संखुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन्। बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडौं पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताइन्। स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोखरेलको भनाइ छ।

संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरिएको छ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागेर बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएका र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

सम्बन्धित खबर