२०८१ असोज ४, शुक्रवार , ०६:३६:४२ बजे

Sajhamanch
'

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका ५ शहरमा एडुकेशन फेयर गर्ने

सोमवार, भदौ १८, २०८०

झापा । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले एडुकेशन फेयर २०२३ सञ्चालन गर्ने भएको छ ।

अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय राखेर नेपालका विभिन्न ५ वटा शहरमा शाखा कार्यालयहरु सञ्चालन गरिरहेको जेन्युइनले पाँचवटै शाखामा एक–एक दिवसीय एजुकेशन फेयर २०२३ आयोजना गर्ने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजका निर्देशक तथा बिर्तामोड शाखाका प्रोप्राइटर लक्ष्मीकान्त खनालले पत्रकार सम्मेलनमा भने ‘अभिभावक र विद्यार्थीलाई अझ सहज ढंगबाट अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरु एवम् कलेजहरुबारे जानकारी दिन हामीले एक दिवसीय एजुकेशन फेयर २०२३ सञ्चालनको तयारी गरेका हौं ।’

यही भदौ २१ गते (सेप्टेम्बर ७) मा दमक शाखामा, भदौ २२ (सेप्टेम्बर ८)मा इटहरी शाखामा र भदौ २३ (सेप्टेम्बर ९)मा बिर्तामोडमा एक–एक दिवसीय एजुकेशन फेयर हुन लागेको हो । यस्तै, भदौ २९ (सेप्टेम्बर १५) चितवनमा र असोज ३ (सेप्टेम्बर २०) मा काठमाडौंमा एडुफेयर गरिने तय भएको खनालले जनाए ।

जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले हालसम्म ६०० जनाभन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको उनको भनाई छ ।
अष्ट्रेलियामा अध्ययनका लागि विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानून आदि विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको एजुकेशन फेयरमा सम्बन्धित विश्वविद्यालय एवम् कलेजका सञ्चालक र प्रतिनिधिहरुबाट उपरोक्त विषयहरु माथि सहजीकरण हुने जनाइएको छ ।

पत्रकार सम्मेलनको यो भिडियो पनिः

सम्बन्धित खबर