२०८१ पौष २९, सोमवार , ०३:४८:१८ बजे

Sajhamanch
'

जिम्बाब्वेका पूर्वक्रिकेटर हेथ स्ट्रिकको निधन

आइतवार, भदौ १७, २०८०

काठमाडौं । जिम्बाब्वेका पूर्वकप्तान तथा मुख्य प्रशिक्षक हेथ स्ट्रिकको ४९ वर्षको उमेरमा निधन भएको । पेटको क्यान्सरबाट पीडित स्ट्रिकको आइतबार निधन भएको हो ।

स्ट्रिक जिम्बाब्वेका सर्वाधिक विकेट लिने खेलाडी हुन् । एक पटक इङ्ग्ल्यान्ड विरुद्धको टेस्टमा ६–८७ ले विकेट लिएका स्ट्रिकले यसपछि लर्ड्समा सम्मानित स्थान हासिल गरका थिए ।

भष्ट्राचारको मुद्दा लागेपछि स्ट्रिक आठ वर्षको प्रतिबन्धमा परेका थिए । जुन सन् २०२१ मा लागु भएको थियो । उनकी श्रीमतीले सामाजिक सञ्जालमार्फत स्ट्रिकको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

स्ट्रिकले जिम्बाब्वेका लागि ६५ टेस्ट क्रिकेट खेल्दा २१६ विकेट लिएका थिए । यस्तै, जिम्बाब्वेबाट १८९ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका स्ट्रिकको नाममा २३९ विकेट छ ।

उनी सन् २०१६ मा जिम्बाब्वेको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तर, सन् २०१९ को विश्वकपमा जिम्बाब्वेलाई छनोट गराउन असफल भएपछि उनले जिम्मेवारी त्यागेका थिए ।

सम्बन्धित खबर