२०८१ चैत २, शनिवार , ०३:२०:०३ बजे

Sajhamanch
'

ललिता निवास प्रकरणबारे सिआइबीले लियो नेपाल र भट्टराईसँग जानकारी

सोमवार, भदौ ४, २०८०

काठमाडौँ । ललिता निवास प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पूर्वप्रधानमन्त्री द्वय डा। बाबुराम भट्टराई र माधव नेपालसंग जानकारी लिएको छ।

आइतबार राति पूर्वप्रधानमन्त्री द्वय डा. बाबुराम भट्टराई र माधव नेपालसंग जानकारी लिएको सीआइबीका प्रवक्ता नवराज अधिकारीले बताए।

त्यस्तै सामेबार बिहान एक ट्वीट सन्देशमार्फत् डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी दिएका छन्।

उनले लेखेका छन्, ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।