काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । ओली अनुपस्थित रहेपछि आज बोलाइएको संसद् बैठक पर्सीसम्म स्थगित गर्ने तयारी छ ।
रास्वपाका सभापति रवि लामिछानेले सदन सुचारु गर्ने विषयमा कुराकानी भए पनि एमाले अध्यक्ष उपस्थित नभएकाले संसद्का प्रमुख दलका शीर्ष नेताको बैठक भोलि बस्ने र संसद् पर्सीसम्म स्थगित गर्ने तयारी भएको बताए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए ।
उनका अनुसार पर्सी ३ बजेसम्म सदन रोक्ने विषयमा छलफल भएको छ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।