२०८१ कार्तिक २, शुक्रवार , ०६:३२:३१ बजे

Sajhamanch
'

सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता

मङ्गलवार, साउन १६, २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामु प्राइभेट बीच बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट दिने सम्बन्धी सम्झौतामा भएको छ।

सम्झौता पश्चात् बैंकका कार्डवाहकले हरेक बिहीवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा ५ सय रूपैयाँसम्म छुट पाउन सक्नेछ। यसका साथै बैंकबाट यही अगस्ट १ तारिख पश्चात् नयाँ कार्ड प्राप्त गर्नु हुने ग्राहकले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप १ सय ५० सम्मको भौचर प्राप्त गर्नेछन्।

बैंकका मास बैंकिङ अधिकृत मानन्धरले उक्त सहकार्यबाट बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गर्नुभयो। सो अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत अर्यालले दराज समग्र इकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्र्धन गर्दै जाने धारणा राखेका छन्।

सम्बन्धित खबर