२०८१ असोज ३, बिहिवार , १०:५१:३३ बजे

Sajhamanch
'

गौरीगञ्जमा रहेको नेपाल–भारत सीमास्तम्भ कमल खोलाले बगायो

शनिवार, असार ३०, २०८०

झापा । बिहीबार दिउँसो करिब पौने ४ बजे गौरीगञ्ज गाउँपालिका वडा नं. २ लालमाटीमा पर्ने दशगजा क्षेत्रमा गाडिएको नेपाल भारत सीमास्तम्भ कमल खोलाको बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद रिजालद्वारा आज प्रेसित प्रेसनोटमा उल्लेख गरेअनुसार पिल्लर नम्बर १४०/१५ बाढीले बगाएकाले खोजीकार्य भइरहेको उल्लेख छ ।

असारभर परेको वर्षातको कारण जिल्लाका विभिन्न स्थानमा गरेको क्षतिका विवरण प्रकाशन गर्दै प्रहरी प्रवक्ता रिजालले बुधबारमात्र दमक ४ ताराबारीमा मावाखोलाले जमिन कटान गरेकोले संरक्षण गरिएको उल्लेख गरेका छन् । यस्तै मंगलबार र बुधबारको अविरल वर्षातको कारण गौरादह ५ चप्रामशी डुब्बाटोलमा चन्दू खोला र रतुवाखोलाको बाढी पसेर २६ घर धुरी डुबानमा परेको जनाइएको छ ।

बुधबार नै दिउँसो १ बजे बाहूदशी गाउँपालिका वडा नं. २ सुकुम्बासी बस्तीमा अदुवाखोलाको पानी पसेर ४५ घरधुरी जोखिममा परेकोले उनीहरुलाई स्थानीय शिवालय मन्दिरमा सारिएको प्रेस नोटमा जनाइएको छ ।

सम्बन्धित खबर