२०८१ मंसिर १०, सोमवार , ०५:४४:३४ बजे

Sajhamanch
'

चार्जमा रहेको मोबाइल उठाउने क्रममा करेन्ट लागेर गौरीगञ्जकी एक महिलाको मृत्यु

शनिवार, असार ३०, २०८०

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनुबस्तीकी ५५ वर्षीया शिला बुढाथोकीको चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले प्रेसित गरेको प्रेस नोटमा जनाइए अनुसार बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले मोबाइल फोन छुँदा करेन्ट लागेको जनाइएको छ । मृतकको शवको कानुनी प्रक्रिया पूरा गरी दमक अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई शव जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

तस्वीर स्रोतः टाइम्स अफ प्रदेश डटकम

सम्बन्धित खबर