२०८१ मंसिर १४, शुक्रवार , ०८:४३:३२ बजे

Sajhamanch
'

इरानमा शरण लिन पुगेका अफगानीहरु धमाधम स्वदेश फर्किंदै

मङ्गलवार, असार १२, २०८०

अफगानिस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछी छिमेकी मुलुक इरानमा शरण लिन पुगेका अफगानी नागरिकहरु स्वदेश फर्कन थालेका छन् ।

गत एक महिनामा ७४ हजारभन्दा बढी अफगानीहरु स्वेदश फर्केका हुन् भने अझै फर्कने क्रम जारी छ । अफगानिस्तानको तालीवान सरकारले पलायन भएका अफगानीहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउने बाचा गर्दै सबैलाई फर्कक आव्हान गरेपछी उनीहरु फर्केका हुन् ।

साथै तालीवानले युद्धबाट तहसनहस भएको देशको पुननिर्माणमा सहयोग गर्न पनि सबै अफगानी जनतालाई अपील गरेको छ । गत अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार १ सय बढी शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको संख्या एक लाख ३८ हजार १ सय बढी पुगेको छ ।

इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै संख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा पनि रहेका छन् ।एजेन्सी

सम्बन्धित खबर