२०८१ मंसिर १३, बिहिवार , ०१:५८:३६ बजे

Sajhamanch
'

भद्रपुरमा प्रजातन्त्र पुनःस्थापन दिवसमा विचार गोष्ठी सम्पन्न

आइतवार, चैत २६, २०७९

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनःस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी गरेको छ ।

नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको हो ।

काँग्रेसमा आबद्ध नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा बहुदलीय व्यवस्थाले आमूल परिवर्त ल्याए पनि नागरिकको जीवनस्तर उकास्न सक्ने कार्यक्रम नआएको गुनासो पोखेका थिए ।

सहभागी वक्ताहरूले नेपाली काँग्रेसकै कारण देशमा निरंकुशताको अन्त्य भई प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्र नेपालको शासकीय स्वरूप प्राप्त भएकोमा गौरवको अनुभूति हुने भन्दै जनाधिकारका लागि लडिरहेको पार्टीमाथि चौतर्फी घेराबन्दी बढेकोमा चिन्तासमेत व्यक्त गरेका थिए ।

सम्बन्धित खबर