२०८१ मंसिर १४, शुक्रवार , ०७:३२:३८ बजे

Sajhamanch
'

सहारा नेपाल साकोसः २८औं स्थापना दिवस विद्यार्थीलाई शैक्षिक सामग्री

सोमवार, चैत २०, २०७९

कनकाई । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

सहारा दुर्गापुर सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसको अवसरमा सोमबार आज कनकाई नगरपालिका वडा नम्बर २ मा अवस्थित सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सेवा केन्द्रले कक्षा १ देखि ८ सम्म अध्ययनरत ३० जना विद्यार्थीलाई आधा दर्जनका दरले नोटकपी वितरण गरेको छ । सेवा केन्द्रले खेलकुद सामग्री अन्तरगत विद्यालयलाई फुटबल र भलिबल प्रदान गरेको हो ।

त्यसैगरी ३ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अन्तरगत एक वर्ष निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने भएको छ । विद्यालयका अंकित दाहाल, पूर्णमाया बिक र बिनिता प्रसाईलाई साकोसले एक वर्ष निःशुल्क कम्युटर शिक्षाका लागि सम्झौतामा हस्ताक्षर गरेको छ ।

सहारा नेपाल साकोसका अनुगमन अधिकृत घनश्याम रायाको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाको वित्तीय अवस्थितिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बलराम राई (प्रताप) को प्रमुख आतिथ्य रहेको थियो ।

दुर्गापुर सेवा केन्द्रका वरिष्ठ कर्मचारी बिष्णुमाया खड्काले शाब्दिक स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राई, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनाल, जामुनबारी सिमसार पर्यटकीय क्षेत्रका अध्यक्ष खेमराज सिटौला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दुर्गापुर सेवा केन्द्रका प्रमुख पदमप्रसाद सापकोटाले गरेका थिए ।

सम्बन्धित खबर