काठमाडौँ । जनता समाजवादी पार्टीले राम सहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपाको कार्यकारिणी समितिको आज बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिएका छन् ।
पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।