दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च वापत रकम प्रदान गरेको छ ।
दमक ४ निवासी सहकारीका सेयर सदस्य भिमकुमारी राईलाई उपचार खर्च वापत ५४ हजार ३०० रुपैयाँ प्रदान गरिएको दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले जानकारी दिए ।
सञ्चालक समिति कोषाध्यक्ष एकराज विष्ट नेतृत्वको टोली राईको घरमै पुगेर उपचार खर्च वापतको उक्त रकम हस्तान्तरण गरिएको हो ।
कर्णाली साकोस दमक सेवा केन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराई, सहकारीका वरिष्ठ प्रबन्धक चिदानन्द सुवेदी र मनहरि निरौला, प्रबन्धक सन्तोषकुमार श्रेष्ठसहित कर्मचारीहरुको टोलीले राई परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाका सदस्य भिमकुमारी राईको एपेण्डिसाइट्सको शल्यक्रिया गरिएको र उनका छोरा विल्ल लिम्बू दुर्घटनामा परेर घाइते भएकाले उपचार सुविधा वापत राई परिवारलाई उपचार सुविधा प्रदा नगरिएको कोषाध्यक्ष विष्टले जानकारी दिए ।
कर्णाली साकोसको विशेष उपचार कोषमा आवद्ध सदस्यलाई उपचार खर्च रकम उपलब्ध गराउने संस्थाको नियम अनुसार उक्त रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष विष्टले बताए ।
यसअघि करिब १ महिना अघिमात्रै भिमकुमारीका श्रीमानको पनि निधन भएकोमा ४० हजार रुपैयाँ किरिया खर्च रकम पनि उपलब्ध गराइएको दमक सेवा केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिएका छन् ।