२०८१ मंसिर ११, मङ्गलवार , ०७:२३:३६ बजे

Sajhamanch
'

जग्गा कित्ताकाट रोकेर राजनीतिक दलहरूले जनतालाई दुःख दिइरहेको आरोप

शुक्रवार, मंसिर २३, २०७९

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । १०औं अधिवेशनसमेत रहेको सभाको प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै एशोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले व्यक्तिगत सम्पत्तिका रूपमा रहेको जग्गा कित्ताकाटलाई रोकेर जनतालाई दुःख दिने काम राज्य तथा राजनीतिक दलहरूले गरिरहेको आरोप लगाए ।

कार्यक्रममा मालपोत तथा भूमिसुधार कार्यालय भद्रपुरका प्रमुख योगेन्द्रप्रसाद दुलाल, एशोसिएसन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेल, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष युवराज कार्की (पर्वत), प्रदेश समितिका पूर्वअध्यक्ष पुरुषोत्तम अधिकारी, पूर्व केन्द्रीय सदस्य रमेश पोखरले, झापा समन्वय समितिका अध्यक्ष शुशिल निरौला, दमक इकाइ अध्यक्ष ताराबहादुर खड्का लगायतले आ–आफ्ना धारणा राख्दै राज्यले तय गरेको कानून अनुसार चल्नु पर्ने बताएका छन् ।

भद्रपुर इकाई समितिका अध्यक्ष लोकनाथ भट्टराईले संस्थाको सांगठानिक प्रतिवेद प्रस्तुतु गरेका थिए । समितिका सचिव लवकुमार पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा उपाध्यक्ष निरज पोखरेलले शाब्दिक स्वागत गरेका थिए । समितिको नयाँ नेतृत्व चयनका लागि आइतवार निर्वाचन कार्यक्रम हुने जनाइएको छ ।

सम्बन्धित खबर