बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पूलको अनुगमन गरिएको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला लगायतको टोलीले आज अनुगमन गरेको हो ।
पूल नहुँदा सो क्षेत्रका बासिन्दा आवतजावतमा असहज थियो । सो असहजतालाई अन्त्य गर्दै ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाईको पूला बनाउन थालिएको हो ।
बिर्तामोड ४ मा रहेको एनके कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३ हजार ३१९ रुपैयाँमा सो पूल निर्माणको ठेक्का पाएको जनाइएको छ ।
बिर्तामोड नगरपालिकाले नगरक्षेत्रमा भइरहेका निर्माण कार्यहरुको प्रत्यक्ष रुपमा कडाईका साथ अनुगमन गर्दै आएको उपप्रमुख संग्रौलले दावी गरेका छन् ।