२०८१ मंसिर १५, शनिवार , ०३:०८:५१ बजे

Sajhamanch
'

झापा २ एमालेमयः प्रतिनिधिसभामा घिमिरे २२५६ मतान्तरले विजयी

बुधवार, मंसिर ७, २०७९

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् ।

आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् । घिमिरेले निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २२५६ मतको अन्तरले पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ३४० मत प्राप्त गरेका छन् । अन्तिम अंकसहितको औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ ।

मतगणनास्थलमा रहेका निकटतम् प्रतिष्पर्धी भद्रप्रसाद नेपाल (स्वागत)ले प्रतिनिधिसभामा विजयी घिमिरेलाई बधाई दिँदै ‘नेपाल पक्ष रहेर गरेका जतिपनि असमान सन्धी सम्झौताहरु छन् तिनको खारेजीमा यहाँले माननीयको हैसियतमा भूमिका खेल्नु हुनेछ’ भन्ने सुझाव दिँदै खाता पहिर्याएर बधाई दिएका छन् ।

झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा देवराज घमिरेको विजयीसँगै यो क्षेत्र एमालेको किल्ला भएको छ । यसअघि नै प्रदेशसभामा पनि एमालेका उम्मेदवारहरु एकराज कार्की र तिलचन पाठकले प्रतिष्पर्धी उम्मेदवारहरुसँग फराकिलो मतान्तरले विजयी भएका थिए ।

सम्बन्धित खबर