आरोहण गुरुकुलमा बुधबार देखि ‘खरानीको डोरी’ मञ्चन हुँदै

December 22, 2021 8:03 pm

विराटनगर ।आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर)विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चनहुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक भोलीबुधबार ४ बजेबाट मञ्चनहुने छ ।

नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेकाहुनभने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन ।

नाटकमा प्रदिप दाहाल, अनिलखत्री, अतितनिरौला, विकल्पदाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षातिमल्सिना, तिर्थराजविश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।

विराटन आदर्श साहित्य मञ्चको आयोजनामा मञ्चन हुन गइरहेको नाटकमा मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गरेका छन् ।

अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको मञ्चकाअध्यक्ष कटवाल दीपकले बताए । भोलीबुधबार ४ः३० बजेबाट नाटक मञ्चनहुने उनले जानकारी दिए ।

नाटक भोलीबुधबार ८ गते बाट १७गते सम्ममञ्चन हुनेछ । बिहिबारबाट हरेकदिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिकदई सो नाटक मञ्चनहुने उनले बताए । नाटक हेर्नका लागि विद्यार्थीका लागि १ सय र अन्यव्यक्तिकालागि २ सय शुल्क राखिएको उनले बताए ।

मञ्चले यो भन्दा अगाडी ‘मुनामदन’, ‘छिँडीभरीको आकाश लगायतका नाटक सफता पूर्वक मञ्चन गरिसकेको छ ।

          December 22, 2021 8:03 pm | साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: