झापामा स्कोडा गाडीको शोरुम सञ्चालनमा

December 22, 2021 5:26 pm

झापा । हलेसी अटोमोवाइल्सले युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको गाडीको बिक्री शुरु गरेको छ । तीन महिना अघिदेखि अनौपचारिक रुपमा व्यवसाय सञ्चालन गरेको शोरुमबाट हालम्म ३४ वटा गाडी बिक्री गरिसकेको जनाइएको छ ।

आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईं र एमडव्लु स्कोडाका डिभिजन कार्यकारी निर्देशक रोनक अग्रवालले ढोकामा टाँगिएको रिवन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

अटोमोइल्सका सञ्चालक रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित शोरुम उद्घाटन कार्यक्रममा बोल्दै उनले विश्वप्रसिद्ध स्कोडाको गाडी पहिलो पटक झापामा बिक्री थालिएको जानकारी दिए ।

कार्यक्रममा आमन्त्रित अतिथि एवम् शुभेच्छुकहरुलाई शाब्दिक स्वागत गर्दै हलेसी अटोमोबाइल्सका प्रबन्ध निर्देशक चूडामणि पौडेलले भने ‘स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा पाउनुहुनेछ । ’

कार्यक्रममा एमडव्लु स्कोडाका डिभिजन कार्यकारी निर्देशक रोनक अग्रवालले गाडी र कम्पनीको विषयमा जानकारी दिएका थिए । बलियो, आरामदायी र सुरक्षित गाडीको रुपमा स्कोडाले प्रसिद्धी कमाएको उनको दावी थियो ।

सन् १९९५ देखि युरोपमा साइकल कम्पनीबाट स्थापना भएको कम्पनीले नेपालमा सन् २००८ बाट गाडी बिक्री गर्न सुरु गरेको हो । नेपालका लागि आधिकारिक विक्रेता स्कोडा एमएडब्लु इन्टरप्राइजेज स्कोडाको विभिन्न मोडलका कोरियन कम्पनीको स्कोडा गाडी भित्राएको हो ।

कार्यक्रमका बीच दुईजना गाडी खरिदकर्तालाई चाबी हस्तान्तरण गरिएको थियो । स्कोडा गाडीको न्यूनतम मूल्य ३६ लाख ९० हजारदेखि अधिकतम् १ करोड ७० लाख रुपैयाँ रहेको जनाइएको छ ।

सो समारोहमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईसहित नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए । सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक रुद्रबहादुर श्रेष्ठले गरेका थिए ।

तस्वीर सौजन्यः आर्यन सिटौला

          December 22, 2021 5:26 pm | अर्थतन्त्र,मुख्य समाचार,लोकप्रिय,समाज

प्रतिकृयाहरू :

समाचारहरु: