नेपाली कांग्रसको १४औं महाधिवेशन : कट्टेललाई टक्कर दिँदै थेवेले गरे प्यानल नै घोषणा

November 24, 2021 4:01 pm

झापा । नेपाली कांग्रसको १४औं महाधिवेशन अन्तरगत सभापतिका प्रत्यासी देउकुमार थेवेले पनि आज आफ्नो प्यानलका पदाधिकारीको टीम घोषणा गरेका छन् ।

देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पदका उम्मेद्वार थेबेले आफ्ना टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गरेका हुन् ।

सभापति पदका उम्मेद्वार थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाईं र नविन बिमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारीलाई उम्मेद्वार बनाइएको छ ।

आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेवेले सभापतिको उम्मेद्वार क्षेत्र नं ४ बाट, उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाई क्षेत्र नं २, सचिव बिमली क्षेत्र नं ३, सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेको बताए ।

आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको थेवेको दावी छ । आगामी दिनमा पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसमक्ष उनले आग्रहसमेत गरेका छन् ।

उम्मेदवार घोषणा कार्यक्रमका पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा कांग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउनुपर्ने धारणा राखेका थिए । आन्तरिक अधिवेशनमा कसैको पनि हारजीत नहुने भन्दै बुढाथोकीले आगामी आम निर्वाचनमा प्रतिपक्षीसँग भिड्न सांगठनिक एकता आवश्यक रहने पनि सुझाव दिए ।

जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई बुढाथोकीको आग्रह छ ।

यस्तै अर्का केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले उम्मेद्वारहरुको परिचय गराउँदै देउकुमार थेवेको टीम जुझारु र समावेशी एवं शिक्षा, पत्रकारिता, राजनीति एवं सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरुलाई जिताउन आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन चित्रकला ओलीले गरेकी थिइन् ।

          November 24, 2021 4:01 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: