आन्तरिक नेतृत्व चयन गर्दा कार्यकार्तालाई मित्रवत व्यवहार गर्न सभापति थापाको निर्देशन

November 14, 2021 7:40 pm

कनकाई । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईंजस्तो नबनाउन कार्यकर्तालाई निर्देशन गरेका छन् ।

नेपाली कांग्रेस कनकाई नगरपालिका ९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत ब्यवहार गर्न प्रतिष्पर्धी उम्मेद्वारहरुलाई निर्देशन गरेका हुन् ।

पार्टीमा अहिलेसम्म गरेको काम र योगदानको मूल्याङ्कन गरेर योग्य, सक्षम र क्षमतावान नेतृत्वलाई विवेकपूर्ण मतदान गर्न सभापति थापाले कार्यकर्तासँग अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शेरबहादुर थापा, टीका प्रसाई, खड्ग प्रसाई, दीपक तामाङ, हस्त परियार, दिपेन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए ।

मोहन राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेका थिए ।

          November 14, 2021 7:40 pm | राजनीति,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: