अन्तराष्ट्रिय झापाली समाजद्वारा शिवसताक्षी नगरपालिकालाई र झापाली समाज दक्षिण कोरियाद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

June 10, 2021 1:23 pm

शिवसताक्षी । शिवसताक्षी नगरपालिकालाई अन्तराष्ट्रिय झापाली समाजद्वारा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । समाजले कोरोना भाइरसको जोखिम र न्यूनिकरणका लागि ५० किट र १५ सेट पिपिई नगरपालिकालाई प्रदान गरेको हो ।

उक्त सामाग्री अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष नविन पोख्रेलको उपस्थितिमा शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्मालाई प्रदान गरिएको बताइएको छ । अन्तराष्ट्रिय झापाली समाजले एक लागि एक अभियानलाई बुधबार १ सय थान अक्सिजन सिलिण्डर प्रदान गरेको थियो ।

त्यसै गरी आज नै शिवसताक्षी नगरपालिकाको कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

झापाली समाज दक्षिण कोरियाले कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

कोभिड अस्पतालमा उपचार गर्ने संक्रमित र त्यहाँ खटिने स्वास्थ्य कर्मीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको झापाली समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष  नविन बाँस्कोटाले जानकारी दिए ।

संस्थाले सर्जिकल माक्स १३५० , पीपीइ सेट ८ थान सेनिटाइजर ५ बोतल र फेससिल्ड ५० थान प्रदान गरेको थियो ।

स्वास्थ्य सामग्री वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका कोभिड अस्पताल व्यवस्थापन समितिका संयोजक भैरव कुमार श्रेष्ठलाई उक्त प्रदान गरिएको थियो ।

          June 10, 2021 1:23 pm | विविधा,समाज,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: