कमल गाउँपालिकामा कोरानाः संक्रमित १९४ मध्ये निको हुनेको संख्या १३२, ६ जनाको मृत्यु, ५० जना आइसोलेशनमा

November 29, 2020 3:50 pm

कमल । झापाको कमल गाउँपालिकामा कोभिड–१९ का संक्रमितहरुमा निको हुनेको संख्या बढिरहेको छ ।

गाउँपालिकाले कोभिड–१९ को संक्रमण भए नभएको पुष्टि गर्न विभिन्न समयमा गरेको पिसिआर परीक्षणमा देखिएका १८८ जना र अन्य पालिकाबाट पिसिआर परीक्षण गराएका ६ जनागरी १९४ जना सक्रिय संक्रमितमध्ये १३२ जना निको भई घर फर्किएका तथ्याङ्क छ । अब ५० जना संक्रमितहरु होम आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका कोभिड व्यवस्थापन समितिका फोकल पर्सन ईन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन् ।

यो समाचार तयार पार्दासम्म कमल गाउँपालिकाका एक हजार ६९ जना पुरुष र ४७८ जना महिलाको आरटि पिसिआर परीक्षण गरिएको जनाइएको छ । सो बाहेक अन्य पालिकाका चार पुरुष र दुई महिलाको पनि कमल गाउँपालिकाबाटै पिसिआर गरिएको थियो । एक हजार ५५३ जनाको पिसिआर परीक्षण गर्दा १३२ जना पुरुष र ६२ जना महिला गरी १९४ जना कोरोना संक्रमित भएका थिए ।

संक्रमितमध्ये ५ जना पुरुष र १ जना महिलाको कोरोनाकै कारण मृत्यु भएको कमल गाउँपालिका कोभिड फोकल पर्सन अर्यालले बताएका छन् ।

          November 29, 2020 3:50 pm | मुख्य समाचार,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: