२०८१ वैशाख ६, बिहिवार , ०९:००:५० बजे

Sajhamanch
'

कोरोना संक्रमण तीब्र बनेपछि इटालीमा एक करोड ६० लाख मानिस क्वारेण्टाइनमा

आइतवार, फागुन २५, २०७६

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि ईटालीले झण्डै एक करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्न थालेको छ ।

ईटालीको लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको छ । उनीहरुलाई आउँदो अप्रिलसम्म अनिवार्य क्वारेण्टाइनमा राखिने खबरमा उल्लेख छ ।

यस्तै मानिसको जमघट हुने सभा सम्मेलन, जीम, पूल, सङग्रहालय र स्की रिसोर्ट लगायतका क्षेत्रलाई अनिश्चित कालका लागि बन्द गरिएको छ ।

ईटालीमा गएको २४ घण्टामा ५० जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या २ सय ३० पुगेको छ । थप १२ सय सङ्क्रमित भेटिएपछि सङ्क्रमितको संख्या झण्डै ६ हजार पुगेको छ । एजेन्सी

सम्बन्धित खबर