२०८१ साउन १२, शनिवार , ०९:०५:३३ बजे

Sajhamanch
'

युरोपियन युनियनले मानवीय सहायता स्वरुप नेपाललगायतका देशलाई २ अर्ब ८० करोड सहायता दिने

आइतवार, माघ १६, २०७८

काठमाडौ, युरोपियन युनियन (इयु)ले नेपाल, फिलिपिन्स र दक्षिणपूर्वी एसियाका केही देशलाई मानविय सहायता स्वरुप २ करोड १० लाख युरो (२ अर्ब ८० करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

गतसाता युरोपेली आयोगले उक्त घोषणा गरेको हो । विपद् जोखिम न्युनिकरण तयारी र मानविय सहायता शिर्षकमा उक्त सहयोग उपलब्ध गरिने घोषणामा उल्लेख छ । उक्त रकम कोरोना प्रभावितको हितमा पनि खर्च गरिने जनाइएको छ ।

युरोपेली आयोगका अनुसार एक करोड युरो सन् २०२१ समुद्री आँधीबाट प्रभावित फिलिपिन्सका नागरिकको जीवन सुधार्नमा खर्च गरिने छ ।

यस्तै, ९५ लाख युरो भने नेपाल लगायतका देशलाई विपद् जोखिम न्यूनीकरणको तयारी गर्न दिइने इयुले जनाएको छ ।

सम्बन्धित खबर