
नोवल कोराना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वव्यापी रुप लिन थालेपछि पूर्व सजगता अपनाउँदै मानिसहरु घर बाहिर निस्कन र हिँडडुल गर्न छाडेका छन् । आज चैत ८ गते बिर्तामोड सहरमा लिइएका केही तस्वीरहरुले यसैको संकेत गरेको पाइन्छ ।
अरु बेलामा अत्यन्त ब्यस्त रहने पूर्वी नेपाल कै मुख्य बजार बिर्तामोडमा केही दिनदेखि चहलपहल घटेको हो । अहिले बजारमा खरिद बिक्री पनि कम भएकोले वित्तीय संस्थाहरुको कारोबार पनि न्यून रहेको बताइएको छ ।