भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू। १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।
फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू। १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ । संघअनुसार अघिल्लो वर्ष यस समयमा रू १ करोड ५० लाख बराबरको गुलाब आयात भएको थियो ।
व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतबाट ल्याइने गरिन्छ । भारतको नयाँ दिल्ली, कोलकाता र बैंग्लोरबाट गुलाब आयात हुने गरेको छ । आर्थिक अभियानबाट ।