२०८३ वैशाख ५ शनिवार , १०:४८:४८ बजे

Sajhamanch
'

जिल्लाको उत्पादन ढुवानीमा अवरोध ! काँचो सुपारीसहित गाडी पक्राउ गरी लिलामको प्रक्रियामा !

बुधवार, फागुन १३, २०८२

झापा । किसानले उत्पादन गरेको काँचो सुपारी किनेर प्रशोधन गर्न लैजाने क्रममा एक ब्यापारीको सामान प्रहरीले पक्राउ गरेको घटनाले झापाका सुपारी किसान र व्यवसायी दुवै तनावमा रहेको पाइएको छ ।

अर्जुनधारा नगरपालिका ८ मा रहेको खगेन्द्र सुपारी प्रशोधन केन्द्रका सञ्चालक खगेन्द्र साहाले भद्रपुर नगरपालिका १ पृथ्वीनगर क्षेत्रबाट स्थानीय किसानले उत्पादन गरेको काँचो सुपारी खरिद गरी बोटबाट झारेर गाडीमा लोड गरी प्रशोधन केन्द्रमा लैजानेक्रममा गत फागुन ७ गते झापा प्रहरीले पक्राउ गरी जफथ गरेको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उक्त कुराको पुष्टि गर्दै भद्रपुर भन्सार कार्यालयका नाममा फागुन ८ गते नै पत्राचार गरिएको भए पनि १२ गते साँझसम्म प्रहरीले जफत गरेको सुपारी फिर्ता नपाएको थाहा भएको छ । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीसहितले हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाएको पत्रमा उक्त कुरा उल्लेख छ ।

झापाका प्रजिअलाई पठाइएको ध्यानाकर्षण पत्रमा जिल्लामा नै उत्पादित कृषिजन्य वस्तु खरिद गर्न र प्रशोधन एवम् विक्री वितरणका लागि प्रशोधन केन्द्रसम्म लैजान ल्याउन प्रहरीबाट भएको अवरोधले व्यवसायीलाई आतंकित बनाएको जनाइएको छ ।

हेर्नोस्, भद्रपुर नगरपालिकाले भद्रपुर भन्सारलाई लेखेको पत्र र सुपारी उत्पादक किसान संघ नेपालले झापाका प्रजिअलाई पठाएको ध्यानाकर्षण पत्र :

सम्बन्धित खबर