२०८१ पौष २४, बुधवार , १२:०१:४१ बजे

Sajhamanch
'

डेडिकेटेड लाइनको महसुल हटाइने

मङ्गलवार, माघ २८, २०७६

नेपाल विद्युत् प्राधिकरणले अलग्गै ९डेडिकेटेड० फिडर तथा दुई सबस्टेशन बीचको प्रसारण लाइन ९ट्रंक० मार्फत उद्योगहरूलाई वितरण गर्दै आएको बिजुलीको महसुल हटाउने प्रस्ताव गरेको छ । प्राधिकरणले सो प्रस्तावसहित बिजुली नयाँ महसुल दर हालै विद्युत् नियमन आयोगमा पठाएको छ ।

नयाँ महसुल सञ्चालक समितिले पारित गरेपछि प्राधिकरणले स्वीकृतिका लागि आयोगमा पठाएको हो । सो प्रस्तावमा डेडिकेटेड र ट्रंक लाइनमार्फत वितरण गरिने बिजुलीको महसुल हटाउने प्रस्ताव गरिएको छ । यदि आयोगले सो प्रस्ताव जस्ताको त्यस्तै पारित गरेमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूले त्यसको महसुल तिर्नु पर्दैन ।

तर, प्राधिकरणले त्यस्ता उद्योगहरूका लागि निर्धारण गरिएको सामान्य विद्युत् महसुल भने बढाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ विद्युत् महसुलमा नै डेडिकेटेड र ट्रंक लाइनको शुल्क समायोजन गरिएको बताए ।
अभियान बाट ।

सम्बन्धित खबर