
काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ थियो ।


