२०८३ वैशाख २४ बिहिवार , १२:२७:३९ बजे

Sajhamanch
'

तेस्रो प्रदेश भाषा दिवस आज : बागमती प्रदेशमा सार्वजनिक बिदा

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

प्रदेश सरकारले २०८१ सालदेखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाउन थालेको हो ।

यो ऐन, २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । बागमती प्रदेशमा नेपाली भाषा बाहेक सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरिएका प्रमुख भाषाहरूमा तामाङ र नेपाल भाषा रहेका छन् ।

दिवसका अवसरमा आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

सम्बन्धित खबर