२०८२ चैत २९ आइतवार , ०५:०९:२६ बजे

Sajhamanch
'

कांग्रेसको संसदीय नेता चयन वैशाख ४ गते, २ गते निर्वाचन तालिका आउने

आइतवार, चैत २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ । पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले निर्वाचन तालिका भने वैशाख २ गते आउने बताउनु भयो ।

उहाँले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनु भयो ।सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जानुपर्ने उहाँको भनाइ छ ।

‘नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वले सहमतिको प्रयास जारी राख्छ । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा जानु पर्छ नै । एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्दतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’

कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत सांसदले प्रयास गरिरहेका छन् ।